कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा विदेशी महिलाको मृत्यु



ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा फ्रान्सेली महिलाको मृत्यु भएको छ । कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरबाट आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया महिला मारगेटा मोरिङको मृत्यु भएको हो ।

उहाँको वैशाख २७ गते राति करिब ११ बजेको समयमा स्वासप्रस्वासमा समस्या उत्पन्न भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रवक्ता तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाल आरोहणका लागि दुई जना फ्रान्सेली नागरिक कञ्चनजङ्घा हिमाल प्रस्थान गरेका थिए । करिब आठ हजार मिटरको उचाइमा पुगेपछि स्वासप्रस्वासमा समस्या उत्पन्न भई मृत्यु भएको गाइड योगेन्द्र तामाङले जानकारी दिएको प्रहरीको भनाइ छ ।

आरोही महिलाको २७ गते राति निधन भए पनि वैशाख २९ गते सोमबार मात्रै प्रहरीसमक्ष जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार मृतक महिलाको शव अहिले करिब सात हजार पाँच सय मिटरको उचाइमा रहेको छ । उक्त स्थान प्रहरी चौकी याम्फुदिनबाट करिब ७५ किलोमिटरको दूरीमा रहेको छ ।

गत वैशाख २६ गते हिमाल आरोहणका लागि दुई जना फ्रान्सेली नागरिक कञ्चनजङ्घा हिमालतर्फ प्रस्थान गरेका थिए । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको ८ नम्बर वडा याम्फुदिनमा पर्ने दक्षिण आधार शिविरबाट आरोहणको यात्रा सुरु भएको दुई दिनपछि महिलाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 9:43 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो