कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा विदेशी महिलाको मृत्यु



ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा फ्रान्सेली महिलाको मृत्यु भएको छ । कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरबाट आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया महिला मारगेटा मोरिङको मृत्यु भएको हो ।

उहाँको वैशाख २७ गते राति करिब ११ बजेको समयमा स्वासप्रस्वासमा समस्या उत्पन्न भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रवक्ता तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाल आरोहणका लागि दुई जना फ्रान्सेली नागरिक कञ्चनजङ्घा हिमाल प्रस्थान गरेका थिए । करिब आठ हजार मिटरको उचाइमा पुगेपछि स्वासप्रस्वासमा समस्या उत्पन्न भई मृत्यु भएको गाइड योगेन्द्र तामाङले जानकारी दिएको प्रहरीको भनाइ छ ।

आरोही महिलाको २७ गते राति निधन भए पनि वैशाख २९ गते सोमबार मात्रै प्रहरीसमक्ष जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार मृतक महिलाको शव अहिले करिब सात हजार पाँच सय मिटरको उचाइमा रहेको छ । उक्त स्थान प्रहरी चौकी याम्फुदिनबाट करिब ७५ किलोमिटरको दूरीमा रहेको छ ।

गत वैशाख २६ गते हिमाल आरोहणका लागि दुई जना फ्रान्सेली नागरिक कञ्चनजङ्घा हिमालतर्फ प्रस्थान गरेका थिए । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको ८ नम्बर वडा याम्फुदिनमा पर्ने दक्षिण आधार शिविरबाट आरोहणको यात्रा सुरु भएको दुई दिनपछि महिलाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 9:43 pm

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय