५ नेपाली सहित १० जनाद्धारा कञ्चनजंघा हिमालको सफल आरोहण




एलिना दियाली
ताप्लेजुङ ।
५ नेपाली सहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गरेका छन् । ताप्लेजुङमा अवस्थित हिमालको सेभेन समिट टे«क काठमाडौंले ५ नेपाली सहित १० जनालाई सफल अरोहण गराएको हो । टे«कका जेनेरल मेनेजर थानेश्वर गुरागाईँका अनुसार मे १० अर्थात २०८२ वैशाख २७ गते दिउँसो २ः१५ बजे १० आरोहीले कञ्चनजंघाको सफल आरोहण गरेका हुन् ।

सफल आरोहण गर्नेहरुमा कुसुवोका फ्लुतुरम ईब्राहीमीे, बेलायतमन एड्रियन माईकल हेस, ईरानका अलिरेजा बेहपुर र सेईदमिदरजा हासेमी, युनाईटेड अरब ईमिरेट्सका सईद अलमेमरी, साथै नेपालका लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर सोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेको जेनेरल मेनेजर गुरागाईँले बताउनुभयो ।

उक्त टोलीले मे ९ अर्थात वैशाख २६ गते साँझ ६ः१५ बजे चौथो शिविरबाट आफ्नो शिखर यात्रा सुरु गरेको थियो । त्यसअघि, कञ्चनजंघामा आठ शेर्पाहरू मिलेर बनेको एलिट एक्सपेडको फिक्सिङ टोलीले आधार शिविरबाट लगभग ८ हजार ४ सय मिटरसम्मको लाइनहरू सुरक्षित गरेको थियो ।

यस वर्ष कञ्चनजङ्घामा प्रभावशाली सहभागिता देखिएको बताउँदै जेनेरल मेनेजर गुरागाईँले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वतारोहीहरू गरी ७० जना हिमाल आरोहण गर्ने अनुमती लिएकोमा १० जनाले सफल आरोहण गरेको र अन्य आरोही तयारीमा रहेको बताउनुभयो । टे«कले यस वसन्त ऋतुमा आफ्नो टोलीले कञ्चनजङ्घा हिमाल (८,५८६ मिटर) मा सफल आरोहणको घोषणा गर्न पाउँदा उत्साहित भएको जनाएको छ ।

प्रकाशित मिति : 2:13 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान