५ नेपाली सहित १० जनाद्धारा कञ्चनजंघा हिमालको सफल आरोहण




एलिना दियाली
ताप्लेजुङ ।
५ नेपाली सहित १० जनाले नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गरेका छन् । ताप्लेजुङमा अवस्थित हिमालको सेभेन समिट टे«क काठमाडौंले ५ नेपाली सहित १० जनालाई सफल अरोहण गराएको हो । टे«कका जेनेरल मेनेजर थानेश्वर गुरागाईँका अनुसार मे १० अर्थात २०८२ वैशाख २७ गते दिउँसो २ः१५ बजे १० आरोहीले कञ्चनजंघाको सफल आरोहण गरेका हुन् ।

सफल आरोहण गर्नेहरुमा कुसुवोका फ्लुतुरम ईब्राहीमीे, बेलायतमन एड्रियन माईकल हेस, ईरानका अलिरेजा बेहपुर र सेईदमिदरजा हासेमी, युनाईटेड अरब ईमिरेट्सका सईद अलमेमरी, साथै नेपालका लाक्पा तेम्बा शेर्पा, निङ्मा दोर्ची शेर्पा, फुर सोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेको जेनेरल मेनेजर गुरागाईँले बताउनुभयो ।

उक्त टोलीले मे ९ अर्थात वैशाख २६ गते साँझ ६ः१५ बजे चौथो शिविरबाट आफ्नो शिखर यात्रा सुरु गरेको थियो । त्यसअघि, कञ्चनजंघामा आठ शेर्पाहरू मिलेर बनेको एलिट एक्सपेडको फिक्सिङ टोलीले आधार शिविरबाट लगभग ८ हजार ४ सय मिटरसम्मको लाइनहरू सुरक्षित गरेको थियो ।

यस वर्ष कञ्चनजङ्घामा प्रभावशाली सहभागिता देखिएको बताउँदै जेनेरल मेनेजर गुरागाईँले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्वतारोहीहरू गरी ७० जना हिमाल आरोहण गर्ने अनुमती लिएकोमा १० जनाले सफल आरोहण गरेको र अन्य आरोही तयारीमा रहेको बताउनुभयो । टे«कले यस वसन्त ऋतुमा आफ्नो टोलीले कञ्चनजङ्घा हिमाल (८,५८६ मिटर) मा सफल आरोहणको घोषणा गर्न पाउँदा उत्साहित भएको जनाएको छ ।

प्रकाशित मिति : 2:13 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन