फुङलिङ नगरपालिकाले दियो अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरेको छ। नगरपालिकाले बुधबार चार वटा वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरेको हो।

नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि वडा नं. ४, ५, ६ र ७ का १९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई शौचालय कुर्सी, बैशाखी र श्रवण यन्त्र सहितका साहयता सामग्री प्रदान गरिएको छ।

कोशी प्रदेश सरकार, करुणा फाउण्डेसन र नगरपालिकाको संयुक्त प्रयासमा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरिएको गरिएको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमका सहजकर्ता प्रिसा बस्नेतले बताउनुभयो।

अपाङ्गता भएका व्यक्तिहरूलाई नगरप्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वाले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो। नगरपालिका क्षेत्रमा ४ सय ९७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन्। त्यसमध्ये १ सय ७६ जनालाई सहायता सामाग्री प्रदान गर्नुपर्ने गरी पहिचान भएको छ।

यस्तै बिहीबार पालिकाको वडा नं. १, २ र ३ मा सहायता सामग्री हस्तान्तरणको कार्यक्रम राखिएको कार्यक्रम सहजकर्ता बस्नेतले जानकारी दिनुभएको छ।

प्रकाशित मिति : 5:56 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता