नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा भट्टराई



ताप्लेजुङ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा बमबहादुर भट्टराई (तारा) चयन हुनुभएको छ । सोमबार सम्पन्न भएको जिल्ला भेलाले भट्टराईको अध्यक्षमा १५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।

यस्तै कमिटीको बरिष्ठ उपाध्यक्षमा दावाछिरिङ शेर्पा (बिशालु) उपाध्यक्षमा दावानुपु शेर्पा महासचिवमा बिनोद भारती सचिवमा सञ्जिप माबो र कोषाध्यक्ष टंक खतिवडा चयन हुनुभएको छ । साथै सदस्यहरूमा सरोज कन्दङवा, इन्द्र पालुङ्वा, विरेन्द्र हाङवाङ, लिला लिम्बू, पूर्णकुमार फेम्बो, राजु मिश्र, निसान लिम्बू (कुमार) , हेमन्त पौडेल र पूर्णकुमार फेम्बो चयन हुनुभएको छ ।

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन नेकपा माओवादी निकट निर्माण व्यवसायीहरूको सङ्गठन हो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बूढाक्षेत्री (पराग) केन्द्रिय सदस्य मिङ्मा डण्डु शर्पा, जिल्ला अध्यक्ष विष्णु कुमार हाङबाङ लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 4:54 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम