नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा भट्टराई



ताप्लेजुङ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन ताप्लेजुङको अध्यक्षमा बमबहादुर भट्टराई (तारा) चयन हुनुभएको छ । सोमबार सम्पन्न भएको जिल्ला भेलाले भट्टराईको अध्यक्षमा १५ सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।

यस्तै कमिटीको बरिष्ठ उपाध्यक्षमा दावाछिरिङ शेर्पा (बिशालु) उपाध्यक्षमा दावानुपु शेर्पा महासचिवमा बिनोद भारती सचिवमा सञ्जिप माबो र कोषाध्यक्ष टंक खतिवडा चयन हुनुभएको छ । साथै सदस्यहरूमा सरोज कन्दङवा, इन्द्र पालुङ्वा, विरेन्द्र हाङवाङ, लिला लिम्बू, पूर्णकुमार फेम्बो, राजु मिश्र, निसान लिम्बू (कुमार) , हेमन्त पौडेल र पूर्णकुमार फेम्बो चयन हुनुभएको छ ।

नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन नेकपा माओवादी निकट निर्माण व्यवसायीहरूको सङ्गठन हो । कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बूढाक्षेत्री (पराग) केन्द्रिय सदस्य मिङ्मा डण्डु शर्पा, जिल्ला अध्यक्ष विष्णु कुमार हाङबाङ लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 4:54 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता