लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा खिम्दिङ



ताप्लेजुङ । नेपाली कांग्रेस निकट निर्माण व्यवसायी सङ्गठन लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा गणेश खिम्दिङ चयन हुनुभएको छ । सोमबार सम्पन्न प्रथम जिल्ला भेला तथा अधिवेशनबाट खिम्दिङ अध्यक्षमा चयन हुनुभएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा खेम कार्की, सुरेश ताक्मादेन र महासचिवमा सुजन गुरुङ चयन हुनुभएको छ । यस्तै, उपमहासचिवद्वयमा पेम्बा शेर्पा र शान्त अधिकारी साथै कोषाध्यक्षमा सरस्वती कार्की चयन हुनुभएको छ ।

सह–कोषाध्यक्षमा डेनि तामाङ सर्वसम्मत चयन हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। १ का उपसभापति समेत रहेका खिम्दिङ खिम्दिङहाङ कन्स्ट्रक्सनका प्रोप्राइटर हुनुहुन्छ ।

कार्यक्रममा कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, नेपाल निर्माण व्यवसायी महासङ्घ केन्द्रीय अध्यक्ष रबि सिंह, वरिष्ठ उपाध्यक्ष आङदोर्जे शेर्पा, सचिव शिवहरी घिमिरे, कोशी प्रदेश संयोजक सन्तोषकुमार बस्नेतलगायतको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 4:50 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर