लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा खिम्दिङ



ताप्लेजुङ । नेपाली कांग्रेस निकट निर्माण व्यवसायी सङ्गठन लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ ताप्लेजुङको अध्यक्षमा गणेश खिम्दिङ चयन हुनुभएको छ । सोमबार सम्पन्न प्रथम जिल्ला भेला तथा अधिवेशनबाट खिम्दिङ अध्यक्षमा चयन हुनुभएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा खेम कार्की, सुरेश ताक्मादेन र महासचिवमा सुजन गुरुङ चयन हुनुभएको छ । यस्तै, उपमहासचिवद्वयमा पेम्बा शेर्पा र शान्त अधिकारी साथै कोषाध्यक्षमा सरस्वती कार्की चयन हुनुभएको छ ।

सह–कोषाध्यक्षमा डेनि तामाङ सर्वसम्मत चयन हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। १ का उपसभापति समेत रहेका खिम्दिङ खिम्दिङहाङ कन्स्ट्रक्सनका प्रोप्राइटर हुनुहुन्छ ।

कार्यक्रममा कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, नेपाल निर्माण व्यवसायी महासङ्घ केन्द्रीय अध्यक्ष रबि सिंह, वरिष्ठ उपाध्यक्ष आङदोर्जे शेर्पा, सचिव शिवहरी घिमिरे, कोशी प्रदेश संयोजक सन्तोषकुमार बस्नेतलगायतको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 4:50 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य