ताप्लेजुङमा तीन फरार प्रतिवादी पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत ताप्लेजुङबाट विभिन्न मितिमा भएको फैसाला बमोजिम कैद र जरिवाना भुक्तान गर्न बाँकी भइ फरार रहेकाहरू पक्राउ परेका हुन् ।

सम्बन्ध विच्छेद मुद्दाका दुई जना र सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार उनीहरूलाई निजको घर घरबाट नै पक्राउ गरिएको हो । 
 
पक्राउ परेका तीनै जनालाई मङ्गलबार नै जिल्ला अदालत उपस्थित गराइएको छ । 
 

प्रकाशित मिति : 4:45 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता