शेर्पा सङ्घ ताप्लेजुङको तीन पालिकामा नेतृत्व चयन



ताप्लेजुङ । ताप्लेजुङको तीन वटा गाउँपालिकामा नेपाल शेर्पा सङ्घको नयाँ नेतृत्व चयन भएको छ । मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा नेतृत्व चयन भएको हो ।

शनिबार भएको तेस्रो अधिवेशनले मेरिङदेन गाउँपालिकामा पेम्बा शेर्पाको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षद्वयमा पासाङ शेर्पा र हिसिला शेर्पा, सचिव दावा नावा शेर्पा, सहसचिव तेन्जीङ शेर्पा र कोषाध्यक्षमा मिङमा शेर्पा चयन हुनुभएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा निमा शेर्पा चयन हुनुभएको छ । उपाध्यक्षमा पासाङ डोमा शेर्पा, सचिवमा राम शेर्पा सहसचिवमा पेम्बा शेर्पा र कोषाध्यक्षमा लाक्पा दिकी शेर्पा चयन हुनुभएको हो ।

साथै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा रोशन शेर्पा चयन हुनुभएको छ । सचिवमा कुमारी शेर्पा, कोषाध्यक्षमा माया देवी शेर्पा चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा फुर्वा शेर्पा, मोहन कुमार शेर्पा, धनमाया शेर्पा र छेकी शेर्पा चयन हुनुभएको छ ।

तीन वटै गाउँपालिकाले अधिवेशन मार्फत शनिबार नयाँ नेतृत्व चयन गरेको हो ।

प्रकाशित मिति : 12:18 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता