शेर्पा सङ्घ ताप्लेजुङको तीन पालिकामा नेतृत्व चयन



ताप्लेजुङ । ताप्लेजुङको तीन वटा गाउँपालिकामा नेपाल शेर्पा सङ्घको नयाँ नेतृत्व चयन भएको छ । मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा नेतृत्व चयन भएको हो ।

शनिबार भएको तेस्रो अधिवेशनले मेरिङदेन गाउँपालिकामा पेम्बा शेर्पाको अध्यक्षतामा १३ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षद्वयमा पासाङ शेर्पा र हिसिला शेर्पा, सचिव दावा नावा शेर्पा, सहसचिव तेन्जीङ शेर्पा र कोषाध्यक्षमा मिङमा शेर्पा चयन हुनुभएको छ ।

यस्तै मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा निमा शेर्पा चयन हुनुभएको छ । उपाध्यक्षमा पासाङ डोमा शेर्पा, सचिवमा राम शेर्पा सहसचिवमा पेम्बा शेर्पा र कोषाध्यक्षमा लाक्पा दिकी शेर्पा चयन हुनुभएको हो ।

साथै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा रोशन शेर्पा चयन हुनुभएको छ । सचिवमा कुमारी शेर्पा, कोषाध्यक्षमा माया देवी शेर्पा चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा फुर्वा शेर्पा, मोहन कुमार शेर्पा, धनमाया शेर्पा र छेकी शेर्पा चयन हुनुभएको छ ।

तीन वटै गाउँपालिकाले अधिवेशन मार्फत शनिबार नयाँ नेतृत्व चयन गरेको हो ।

प्रकाशित मिति : 12:18 pm

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले

ताप्लेजुङमा काँग्रेसबाट गजेन्द्र प्रसाद तुम्याहाङको उम्मेदवारी पक्का

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनका

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम