फुङलिङ नगरपालिका ६ मा भाषणकला तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ६ मा बैशाख १४ गते देखि सञ्चालित उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम शनिवार सकिएको छ । तालिमको समापन गर्दै नगरप्रमुख अमिर मादेनले वालकता नेतृत्व विकासको आधार भएकोले प्राप्त सीपको उपयोगमा सहभागी प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले प्राप्त भएको ज्ञान र सीपको उपयोगितमा दतचित्त भए नगर कार्यपालिका र वडापालिकाकोतर्फबाट पुर्नताजकी तालिम सञ्चालनका लागि आफु अग्रसर हुने बताउनुभयो । वडा नं. ६ का वडासदस्य तथा तालिमका सहभागी सीता लावुङले तालिमबाट आफुले धेरै बिषयको ज्ञान पाएको र यसले नेतृत्वकलाको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

तालिमका प्रशिक्षक तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमका सहभागीको प्रस्तुति र प्रगति दुबैबाट आफु उत्साहित र प्रशंसित भएको बताउनुभयो । आयोजक हिमाली ग्रामीण विकास समूहका अध्यक्ष हर्कराज गुरुङले तालिमको उपलब्धीको उपयोगमा सहभागीले सम्बेदनशिल बन्नुपर्ने बताउनुभयो ।

तालिमका सहभागीकोतर्फबाट रमेश गुरुङ,ममता गुरुङ,सरीता गुरुङ,चारोती लिम्बू र इक्सा लिम्बूले बोल्नु भएको थियो भने सहभागीकैतर्फबाट मञ्जु बस्नेतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा फुनपा–६ का वडासचिव रनकुमार विक,हिमाली ग्रामीण विकास समूहका उपाध्यक्ष पूर्ण गुरुङ, सचिव मानबहादुर गुरुङ सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 9:50 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर