विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा पहिलो पटक साइक्लिङ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर क्षेत्रमा पहिलो पटक साईक्लिङ गरिएको छ । हिमालको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न वैशाख १३ गते देखी १५ गते सम्म सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्घा पर्यटन महोत्वसव २०८२ को अवसरमा साईक्लिङ गरिएको हो ।


धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङको सम्मको पैदलमार्गमा साइक्लिङ गरेका छन् । उक्त क्षेत्र हिमालको दक्षिणी आधार शिविर क्षेत्र हो ।


कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट मानिएको करिब चार हजार आठ सय मिटर उचाइमा अवस्थित ओक्ताङदेखि पुन नयाँ थुङगिमसम्मको पदमार्गमा साइक्लिङ गरेका हुन् । साईक्लिङ गरेका राईडरहरुसँग सुझाब माग गरि सोही सुझाब अनुसार आगामी दिनमा उक्त क्षेत्रमा साईक्लिङ प्रतिस्पर्धा गर्ने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 4:32 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर