पाथीभरा पदमार्गमा भक्तजनको सहजताका लागि नेपाल प्रहरी फलैँचा पुनःनिर्माण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरा जाने पदमार्गमा रहेको नेपाल प्रहरी फलैँचाको पुन निर्माण गरिएको छ । दर्शनका लागि आउने भक्तजनको सहजताको लागि जिर्ण बनेको फलैँचाको पुननिर्माण गरिएको हो । पाथीभरा क्षेत्र विकास समिति, सिम्बु सामुदायिक वन उपभोक्ता समुह ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमख रवि रावलको सक्रियतामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त फलैँचा बनाईको हो ।


३ हजार ६ सय ५० मिटर उचाईमा पनुः निर्माण गरिएको फलैँचाको प्रहरी प्रमुख रावलले आईतबार उद्धघाटन गर्नुभएको छ । उद्धघाटनसँगै प्रहरी प्रमुख रावलले फलैँचा पुननिर्माणका लागि सहजिकरण गर्ने पाथीभरा क्षेत्र विकासका कर्मचारी समेत रहनुभएका राजेन्द्र महतलाई सम्मान पत्रले सम्मान समेत गर्नुभयो । त्यस सँगै पाथीभरा क्षेत्र विकास समिती र जिल्ला प्रहरी कार्यालयका कर्मचारीले फलैँचाको वरिपरि लौठ सल्लाको वृक्षरोपण समेत गर्नुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १९:५७

पाथीभरा पदमार्गमा भक्तजनको सहजताका लागि नेपाल प्रहरी फलैँचा पुनःनिर्माण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरा जाने पदमार्गमा

कञ्चनजङ्घा साहसिक हाफ म्याराथनको उपाधी अर्जुन कुलुङलाई

रेडियो काबेलीताप्लेजुङ । कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बुका

हावाहुरीले ताप्लेजुङमा ४ घरमा क्षती, एक घाईते

रेडियो काबेलीताप्लेजुङ । आईतबार (हिजो) आएको हावाहुरीले ताप्लेजुङका ४ घरमा

मैवाखोलामा दलित शसक्तीकरणका लागि वडा स्तरीय दलित समुह गठन तथा सुझाव संकलन कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाँपालिकामा दलित शसक्तीकरणका लागि अक्षय

मैवाखोला गाउँपालिकाका ६ वटै वडाहरुमा कफि खेतीको सम्भावना रहेको निष्कर्ष

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ६ वटै वडा कफी