पाथीभरा पदमार्गमा भक्तजनको सहजताका लागि नेपाल प्रहरी फलैँचा पुनःनिर्माण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तिर्थस्थल पाथीभरा जाने पदमार्गमा रहेको नेपाल प्रहरी फलैँचाको पुन निर्माण गरिएको छ । दर्शनका लागि आउने भक्तजनको सहजताको लागि जिर्ण बनेको फलैँचाको पुननिर्माण गरिएको हो । पाथीभरा क्षेत्र विकास समिति, सिम्बु सामुदायिक वन उपभोक्ता समुह ताप्लेजुङ र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमख रवि रावलको सक्रियतामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त फलैँचा बनाईको हो ।


३ हजार ६ सय ५० मिटर उचाईमा पनुः निर्माण गरिएको फलैँचाको प्रहरी प्रमुख रावलले आईतबार उद्धघाटन गर्नुभएको छ । उद्धघाटनसँगै प्रहरी प्रमुख रावलले फलैँचा पुननिर्माणका लागि सहजिकरण गर्ने पाथीभरा क्षेत्र विकासका कर्मचारी समेत रहनुभएका राजेन्द्र महतलाई सम्मान पत्रले सम्मान समेत गर्नुभयो । त्यस सँगै पाथीभरा क्षेत्र विकास समिती र जिल्ला प्रहरी कार्यालयका कर्मचारीले फलैँचाको वरिपरि लौठ सल्लाको वृक्षरोपण समेत गर्नुभयो ।

प्रकाशित मिति : 7:57 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन