हावाहुरीले ताप्लेजुङमा ४ घरमा क्षती, एक घाईते




रेडियो काबेली
ताप्लेजुङ । आईतबार (हिजो) आएको हावाहुरीले ताप्लेजुङका ४ घरमा क्षती भएको छ । आईतबार दिउँसो र राती आएको हावाहुरीले उक्त घरहरुमा क्षती पु¥याएको हो । जिल्लाको मिक्वाखोला गाउँपालिका २ खोक्लिङको वैराखु स्थित विनोद शेर्पाको घर हावाहुरीले क्षती गर्दा ५ लाख रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हावाहुरीले काठपात, जस्ता पाताले बनाएको घर बस्न नमिल्ने गरि क्षती भएका कारण हाल शेर्पाको तिन जनाको परिवार आफ्नै बुबाको घरमा स्थानान्तरण गरिएको छ । त्यस्तै फुङलिङ नगरपालिका १० मयामका मान बहादुर लिम्बु घर, धन बहादुर लिम्बुको भान्छा घर र सुर बहादुर खत्रीको ढुङ्गा, माटो र काठले बनेको घरको छाना उडाएको छ ।


यस्तै फक्ताङलुङ गाउँपालिका ३ लिङखिममा हावाहरुले ढुङ्गा लडेर लाग्दा एक जना घाईते हुनुभएको छ । प्रहरी अनुसारका वर्ष ५५ काजी बहादुर लिम्बु घर नजिकै रहेको खोल्सामा अलैँचीमा पानी लगाउन जाँदा लिम्बुलाई माथिबाट हावाहुरीले लडाएको ढुङ्गाले लाग्दा उहाँको टाउकोमा चोट लागेको हो । लिम्बुको टाउकोमा १२ टाँका लगाईएको र जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 3:20 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक