हावाहुरीले ताप्लेजुङमा ४ घरमा क्षती, एक घाईते




रेडियो काबेली
ताप्लेजुङ । आईतबार (हिजो) आएको हावाहुरीले ताप्लेजुङका ४ घरमा क्षती भएको छ । आईतबार दिउँसो र राती आएको हावाहुरीले उक्त घरहरुमा क्षती पु¥याएको हो । जिल्लाको मिक्वाखोला गाउँपालिका २ खोक्लिङको वैराखु स्थित विनोद शेर्पाको घर हावाहुरीले क्षती गर्दा ५ लाख रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हावाहुरीले काठपात, जस्ता पाताले बनाएको घर बस्न नमिल्ने गरि क्षती भएका कारण हाल शेर्पाको तिन जनाको परिवार आफ्नै बुबाको घरमा स्थानान्तरण गरिएको छ । त्यस्तै फुङलिङ नगरपालिका १० मयामका मान बहादुर लिम्बु घर, धन बहादुर लिम्बुको भान्छा घर र सुर बहादुर खत्रीको ढुङ्गा, माटो र काठले बनेको घरको छाना उडाएको छ ।


यस्तै फक्ताङलुङ गाउँपालिका ३ लिङखिममा हावाहरुले ढुङ्गा लडेर लाग्दा एक जना घाईते हुनुभएको छ । प्रहरी अनुसारका वर्ष ५५ काजी बहादुर लिम्बु घर नजिकै रहेको खोल्सामा अलैँचीमा पानी लगाउन जाँदा लिम्बुलाई माथिबाट हावाहुरीले लडाएको ढुङ्गाले लाग्दा उहाँको टाउकोमा चोट लागेको हो । लिम्बुको टाउकोमा १२ टाँका लगाईएको र जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 3:20 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम