मैवाखोला गाउँपालिकाका ६ वटै वडाहरुमा कफि खेतीको सम्भावना रहेको निष्कर्ष




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ६ वटै वडा कफी खेतीको लागी सम्भावना रहेको एक अध्ययनको निष्कर्ष निकालिएको छ । चिया तथा कफी विकास वोर्ड, चिया विस्तार योजना, लालिखर्कले गरेको सम्भाव्यता अध्ययनमा उक्त निष्कर्ष निक्लिएको हो । गाउँपालिकाको अनुरोधमा वोर्डले स्थलगत रुपमा अध्ययन गरी सम्भावना रहेको निष्कर्ष निक्लिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ हामीले सबै वडाहरुमा कफी खेतीको सम्भाव्यता अध्ययन गरिदिन आग्रह गरेका थियौँ। आयोजनाको कार्यालयले स्थलगत रुपमा विज्ञहरु पठाई यहाँको भौगोलिक बनावट र हावापानी लगायत कृषकले लाईरहेको छिटफुट कफी समेत अध्ययन गरी सम्भाव्यता अध्ययनको प्रतिवेदन समेत उपलब्ध गराएको छ । विज्ञहरुको अध्ययन र सुझाब बिना अन्धाधुन्द लगानी गर्दा त्यसको प्रतिफल नआउने र किसानहरुलाई उल्टै निरास हुने अवस्था आउन नदिन हामीले विज्ञहरुसंग परामर्श मागेका हौं । यो प्रतिवेदनमा वडागत रुपमा कफी खेती हुने ठाउँहरूको सिफारिस गरिएको छ ।”


साथै अध्यक्ष वनेमले कफिको बजार नेपाल सहित विश्वभर रहेको बताउँदै कृषकहरुलाई कफी खेतीको लागि आवश्यक छहारी लगायतको तयारी गरी व्यवसायिक कफी खेती सुरुवात गर्न अनुरोध गर्दै बिरुवा लगायतमा मैवाखोला गाउँपालिकाले सहयोग बताउनुभयो ।

प्रकाशित मिति : 6:12 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान