मैवाखोला गाउँपालिकाका ६ वटै वडाहरुमा कफि खेतीको सम्भावना रहेको निष्कर्ष




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ६ वटै वडा कफी खेतीको लागी सम्भावना रहेको एक अध्ययनको निष्कर्ष निकालिएको छ । चिया तथा कफी विकास वोर्ड, चिया विस्तार योजना, लालिखर्कले गरेको सम्भाव्यता अध्ययनमा उक्त निष्कर्ष निक्लिएको हो । गाउँपालिकाको अनुरोधमा वोर्डले स्थलगत रुपमा अध्ययन गरी सम्भावना रहेको निष्कर्ष निक्लिएको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ हामीले सबै वडाहरुमा कफी खेतीको सम्भाव्यता अध्ययन गरिदिन आग्रह गरेका थियौँ। आयोजनाको कार्यालयले स्थलगत रुपमा विज्ञहरु पठाई यहाँको भौगोलिक बनावट र हावापानी लगायत कृषकले लाईरहेको छिटफुट कफी समेत अध्ययन गरी सम्भाव्यता अध्ययनको प्रतिवेदन समेत उपलब्ध गराएको छ । विज्ञहरुको अध्ययन र सुझाब बिना अन्धाधुन्द लगानी गर्दा त्यसको प्रतिफल नआउने र किसानहरुलाई उल्टै निरास हुने अवस्था आउन नदिन हामीले विज्ञहरुसंग परामर्श मागेका हौं । यो प्रतिवेदनमा वडागत रुपमा कफी खेती हुने ठाउँहरूको सिफारिस गरिएको छ ।”


साथै अध्यक्ष वनेमले कफिको बजार नेपाल सहित विश्वभर रहेको बताउँदै कृषकहरुलाई कफी खेतीको लागि आवश्यक छहारी लगायतको तयारी गरी व्यवसायिक कफी खेती सुरुवात गर्न अनुरोध गर्दै बिरुवा लगायतमा मैवाखोला गाउँपालिकाले सहयोग बताउनुभयो ।

प्रकाशित मिति : 6:12 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज