पौडी खेल्ने क्रममा तमोर नदीले बगाउँदा फुलबारीका पुरुष वेपत्ता




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका एक पुरुष पौडी खेल्ने क्रममा तमोर नदिले बगाउँदा वेपत्ता हुनुभएको छ । शनिबार (आज) दिउँसो पालिकाको वडा नं. २ खुवा दोभान स्थित तमोर नदीमा पौडी खेल्न जानुभएका ंबर्ष ५६ को जित बहादुर बल तामाङ वेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार वेपत्ताको खोज तथा उद्धारका लागि प्रहरीहरु परिचालन गरिएको छ । तमोर नदीको किनारमा वेपत्ता तामाङले पौडी खेल्नु अघि फुकालेर राख्नुभएका लुगा र चप्पल रहेको प्रहरीको भनाई छ। यता वडा अध्यक्ष टेकेन्द्र सेन्दाङका अनुसार तामाङ भाञ्जासँग जेसिबीले खनेको हेर्न जानुभएको र गर्मी भएको भन्दै पौडी खेल्न नदीमा पस्नु भएको र वेपत्ता हुनुभएको हो ।

प्रकाशित मिति : 5:49 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम