पौडी खेल्ने क्रममा तमोर नदीले बगाउँदा फुलबारीका पुरुष वेपत्ता




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका एक पुरुष पौडी खेल्ने क्रममा तमोर नदिले बगाउँदा वेपत्ता हुनुभएको छ । शनिबार (आज) दिउँसो पालिकाको वडा नं. २ खुवा दोभान स्थित तमोर नदीमा पौडी खेल्न जानुभएका ंबर्ष ५६ को जित बहादुर बल तामाङ वेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार वेपत्ताको खोज तथा उद्धारका लागि प्रहरीहरु परिचालन गरिएको छ । तमोर नदीको किनारमा वेपत्ता तामाङले पौडी खेल्नु अघि फुकालेर राख्नुभएका लुगा र चप्पल रहेको प्रहरीको भनाई छ। यता वडा अध्यक्ष टेकेन्द्र सेन्दाङका अनुसार तामाङ भाञ्जासँग जेसिबीले खनेको हेर्न जानुभएको र गर्मी भएको भन्दै पौडी खेल्न नदीमा पस्नु भएको र वेपत्ता हुनुभएको हो ।

प्रकाशित मिति : 5:49 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक