ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा




रेडियो काबेली
ताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलको सरुवा भएको छ । बुधबार (हिजो) प्रहरी महानिरीक्षक दीपक थापाले गर्नुु भएको निर्णय अनुसार रावलको राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौं सरुवा भएको हो । महानिरीक्षक थापाले वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी रावल सहित १२१ प्रहरी नायब उपरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।


२०८० साल चैत्र १६ गते ताप्लेजुङ जिल्लाको प्रहरी प्रमुुख भएर आउनुु भएका रावलको करिब १३ महिना पछि सरुवा भएको हो । रावलको सरुवा भएसँगै ताप्लेजुुङ जिल्लाको प्रहरी प्रमुुख भएर नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबी सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतम आउनुहुनेछ ।

प्रकाशित मिति : 12:30 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम