ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा




रेडियो काबेली
ताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलको सरुवा भएको छ । बुधबार (हिजो) प्रहरी महानिरीक्षक दीपक थापाले गर्नुु भएको निर्णय अनुसार रावलको राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबार, काठमाडौं सरुवा भएको हो । महानिरीक्षक थापाले वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी रावल सहित १२१ प्रहरी नायब उपरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।


२०८० साल चैत्र १६ गते ताप्लेजुङ जिल्लाको प्रहरी प्रमुुख भएर आउनुु भएका रावलको करिब १३ महिना पछि सरुवा भएको हो । रावलको सरुवा भएसँगै ताप्लेजुुङ जिल्लाको प्रहरी प्रमुुख भएर नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबी सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतम आउनुहुनेछ ।

प्रकाशित मिति : 12:30 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका