रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्जका स्टेशन मेनेजर एलिना दियाली सम्मानित हुनु भएको छ । सञ्चार क्षेत्रमा रहेर योगदान गरेको भन्दै सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा हेडक्वाटर ताप्लेजुङले १५ औँ स्थापन दिवसको अवसरमा सम्मान गरिएको हो ।

उहाँलाई कदर पत्र र दोसल्लाले कार्यक्रमका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) शम्बु सुवेदीले सम्मान गर्नुभयो ।


दियाली नेपाल टेलिभिजन ताप्लेजुङ संवाददाता एवं अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ताप्लेजुङको प्रतिनीधिको रुपमा कार्यरत रहनुभएको छ । स्थापना दिवसको अवसरमा गुल्मले सशस्त्र प्रहरी कर्मचारी सहित गुल्मलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति : 5:38 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम