रेडियो काबेली
ताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा हेडक्वाटर ताप्लेजुङले १५ औँ स्थापन दिवस मनाएको छ । गुल्म, विभिन्न बेस र मातहतका युनिटमा रहि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई सम्मान एवं पुरस्कृत गर्दै गुल्मले १५ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी जवान किरण लोप्चन र सुमन कार्कीलाई दुई ग्रेड तलब वृद्धि सहित प्रशंसा पत्रले, साथै सुरक्षा बेस ढुङ्गेसाँघुका सशस्त्र प्रहरी निरीक्षक योगहाङ पतङ्वा, गुल्ममा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक अजुद्ध कुमार राई, सशस्त्र प्रहरी हवल्दार संजय कुमार तामाङ र राम प्रसाद रिजाललाई नगद एक हजार सहित प्रशंसा पत्रले सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) शम्बु सुवेदीले पुरस्कृत गर्नुभयो ।

त्यस्तै सुरक्षा बेस सिनाममा रहि उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी निरीक्षक रामचरण यादव, सशस्त्र प्रहरी सहायक निरीक्षक चुडराज थापा, सशस्त्र प्रहरी सहायक निरीक्षक योगेन्द्र चालिसे, सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरु शिवचन्द्र प्रसाद जैशवार, डिल्लीराम राई र युवराज अधिकारी लाई प्रशंसा पत्रले सम्मान गरिएको छ । त्यस्तै गरि सशस्त्र प्रहरी हवल्दारहरु रामप्रवेश राय यादव, चन्द्रहाङ लिम्बु, डिल्ली सागर अधिकारी, सनिल खड्का, सशस्त्र प्रहरी सहायक हवल्दारहरु रोशन तिगेला, गुणराज राई र सशस्त्र प्रहरी जवान झनक बाँनियालाई समेत प्रशंसा पत्रले कंञ्चनजंघा गुल्मका गुल्मपति नरेश मर्हजनले सम्मान गर्नुभयो ।

दिवसको अवसरमा आयोजित भलिबल खेल तर्फ प्रथम हुनु भएका सशस्त्र प्रहरी निरीक्षक योगहाङ पतङ्वा, सशस्त्र प्रहरी हवल्दार धन कुमार राई, सशस्त्र प्रहरी सहायक हवल्दार गुणराज राई, सशस्त्र प्रहरी जवान लक्ष्य ईजम, सशस्त्र प्रहरी जवान रविन तुम्रोक, सशस्त्र प्रहरी परिचर दिनेश थापा मगरलाई मेडल ताथ प्रमाण पत्र प्रदान गरिएको छ । व्याडमिन्टन डबल खेलतर्फ सशस्त्र प्रहरी बरिष्ठ हवल्दार मोतीराम माझि र डिल्लीराम राईलाई साथै टेबलटेनिस तर्फ सशस्त्र प्रहरी हवल्दार डिक बहादुर तामाङलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यस्तै कार्यक्रममा गुल्म र मातहतका ईकाईहरुलाई सहयोग पु¥याउने फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्की, रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली र सुरेश निरौलालाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) शम्बु सुवेदीले राष्ट्र नै पहिलो प्राथमिकता रहेको र राज्यको जित नै सबैको जित रहेको बताउँदै सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्र व्यवस्थापन, आन्तिरिक सुरक्षा र राजस्व संकलनको क्षेत्रमा प्रतिवद्ध भएर काम गरि रहेको बताउनुभयो ।

कञ्चनजंघा गुल्मका गुल्मपति नरेश महर्जनले सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारीलाई पुरा गर्न सशस्त्र प्रहरी प्रतिवद्ध रहेको बताउँदै गुल्मलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्याद तथा आभार व्यक्त गर्नुभयो । वि.सं. २०६७ साल वैशाख १० गते गुल्मको स्थापना भएको हो । स्थापना दिनको अवसरमा गुल्मले हरेक वर्ष स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउँदै आएको छ । कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, बैँकका प्रमुख, पत्रकार एवं स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा लिटल बुद्ध बोर्डिङ स्कुलका कलाकार बिधार्थीले देशभक्ति गितमा नृत्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया