टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत




रेडियो काबेली
ताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ सहित तिन जनालाई पुरस्कृत गरेको छ । मंगलबार प्रतिष्ठानले गौतमको १५ औँ स्मृतिमा एक कार्यक्रमको आयोजना गर्दै विगत लामो समय देखी पत्रकारीता पेशामा सक्रिय पत्रकार रेडियो ताप्लेजुङका स्टेशन मेनेजर देवराज गुरुङ सहित तिन जनालाई पुरस्कृत गरेको हो । पत्रकार गुरुङलाई नगद १० हजार १ सय ५ रुपैँया सहित सम्मान पत्रले उत्कृष्ट पत्रकारको रुपमा गुरुङलाई पुरस्कृत गरिएको हो । गुरुङलाई नेपाल पत्रकार महासंघ ताप्लेजुङले पुरस्कारका लागि सिफारिस गरेको थियो ।

त्यस्तै प्रतिष्ठानले टिकाराम गौतम उत्कृष्ट समाजसेवी पुरस्कारबाट समाजसेवी दिनेश खवासलाई पुरस्कृत गरेको छ । ब्लड बैंक नरहेको ताप्लेजुङमा रगतको अभावलाई टार्न दिनरात लागि पर्ने खवासलाई नगद १० हजार १ सय ५ रुपैँया र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको उत्कृष्ट उपशाखाको रुपमा फुङलिङ उपशाखालाई पुरस्कृत गरिएको छ । रेडक्रसका एक तर्दथ सहित २४ उपशाखा मध्ये फुङलिङ उपशाखालाई नगद १५ हजार १ सय ५ रुपैँया सहित पुरस्कृत गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकाराम गौतमको वि.सं. २०६६ सालमा निधन भएको थियो । वि.स. २०१३ साल वैशाख ९ गते जन्मिनु भएका गौतमको जन्म दिनको अवसरमा हरेक वर्ष प्रतिष्ठानले वैशाख ९ गते उत्कृष्ट पत्रकार एक जना, उत्कृष्ट समाजसेवी एक जना र रेडक्रस ताप्लेजुङका उपशाखा मध्ये एक उपशाखालाई पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : 4:11 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा