टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत




रेडियो काबेली
ताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ सहित तिन जनालाई पुरस्कृत गरेको छ । मंगलबार प्रतिष्ठानले गौतमको १५ औँ स्मृतिमा एक कार्यक्रमको आयोजना गर्दै विगत लामो समय देखी पत्रकारीता पेशामा सक्रिय पत्रकार रेडियो ताप्लेजुङका स्टेशन मेनेजर देवराज गुरुङ सहित तिन जनालाई पुरस्कृत गरेको हो । पत्रकार गुरुङलाई नगद १० हजार १ सय ५ रुपैँया सहित सम्मान पत्रले उत्कृष्ट पत्रकारको रुपमा गुरुङलाई पुरस्कृत गरिएको हो । गुरुङलाई नेपाल पत्रकार महासंघ ताप्लेजुङले पुरस्कारका लागि सिफारिस गरेको थियो ।

त्यस्तै प्रतिष्ठानले टिकाराम गौतम उत्कृष्ट समाजसेवी पुरस्कारबाट समाजसेवी दिनेश खवासलाई पुरस्कृत गरेको छ । ब्लड बैंक नरहेको ताप्लेजुङमा रगतको अभावलाई टार्न दिनरात लागि पर्ने खवासलाई नगद १० हजार १ सय ५ रुपैँया र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको उत्कृष्ट उपशाखाको रुपमा फुङलिङ उपशाखालाई पुरस्कृत गरिएको छ । रेडक्रसका एक तर्दथ सहित २४ उपशाखा मध्ये फुङलिङ उपशाखालाई नगद १५ हजार १ सय ५ रुपैँया सहित पुरस्कृत गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकाराम गौतमको वि.सं. २०६६ सालमा निधन भएको थियो । वि.स. २०१३ साल वैशाख ९ गते जन्मिनु भएका गौतमको जन्म दिनको अवसरमा हरेक वर्ष प्रतिष्ठानले वैशाख ९ गते उत्कृष्ट पत्रकार एक जना, उत्कृष्ट समाजसेवी एक जना र रेडक्रस ताप्लेजुङका उपशाखा मध्ये एक उपशाखालाई पुरस्कृत गर्दै आएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलवार १६:११

सिँवा माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, दुई सयले लिए सेवा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ लिङखिमस्थित सिँवा

कञ्चनजंघाको दक्षिणी आधार शिवरमा टावर निर्माण गरिदिन सिरीजङ्घा गाउँपालिकाको दुरसञ्चारलाई पत्र

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले कञ्चनजंघा हिमालको दक्षिणी आधार

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक

केवलकार खारेज गर्नुपर्ने अडान कायमै रहेको नो केबलकार पक्षधरको भनाइ

ताप्लेजुङ। पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले आफ्नो

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव सञ्चालन गर्दै सिदिङबा गाउँपालिका

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रथम तीन दिने सिदिङ्वा धाम