पाथीभरा गाडी दुर्घटनाः आफन्तले बुझे शब




रेडियो काबेली
ताप्लेजुङ । सोमबार ताप्लेजुङको पाथीभरा दर्शनका लागि गएको बोलेरो दुर्घटना मृत्यु भएका चारै जनाको शब पोष्टमार्टम पछि परिवारले बुझेका छन् । दुर्घटनामा मृत्यु भएका झापाको भद्रपुर नगरपालिका साबिक १५ र हालको वडा नम्बर ८ का ७० वर्षीय विनादे पौडेल र उहाँकी श्रीमती ६९ वर्षीय सरिता पौडेल र उहाँकी नातिनी ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १० की १६ वर्षीय आध्या आचार्यको शब उहाँहरुको आफन्त महेश पौडेलले सोमबार साँझ बुझेर झापा लग्नु भएको छ । त्यस्तै सवारि चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का अन्दाजी वर्ष ४२ का दुर्गा भट्टराईको शब मंगलबार बिहान परिवारले बुझेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाईते विनोद र सरिताकी छोरी ललितपुरकी वर्ष ४५ की सविना आचार्य र सविनाका छोरा वर्ष १० का अभियम आचार्यको काठमाडौंको हेम्स अस्पतालमा उपचार भई रहेको छ । उहाँहरुलाई अन्नपुर्ण एयरलाईन्सको हेलिकप्टर मार्फत सोमबार हेम्स अस्पतालका दुई विशेषज्ञ चिकित्सक सहित आएको थियो । सोही हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । सोमबार ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा ४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : 3:31 pm

ताप्लेजुङका एक युवाद्वारा नेटिभटाइप डट कम वेभ एप्लिकेशन सार्वजनिक

ताप्लेजुङ, माघ २८ गते । ताप्लेजुङका एक युवाले नेटिभटाइप डट

कञ्चनजङ्घा आधार शिविरको सरसफाइ

ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको

याक्थुङ समुदायको पहिचान र संघर्षको कथा बोकेको सिनेमा “तवाबा” प्रदर्शनको तयारीमा

काठमाडौं । याक्थुङ (लिम्बू)समुदायको ऐतिहासिक पहिचान, सामाजिक यथार्थता, सास्कृतिक पृष्ठभुमि

१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन

ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड