कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार



ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार गरिएको छ । प्रहरीका अनुसार लेक लागेर घाइते हुनुभएका दुई जना पर्यटक फ्रान्सेली नागरिकको उद्दार गरिएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार लेक लागेर घाइते हुने पर्यटकमा फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीय एन्जल मिसेल रहनुभएको छ ।

लेक लागेर घाइते हुनुभएका उहाँहरूलाई मनाङ एयरको हेलिकोप्टरमार्फत सोमबार उपचारका लागि काठमाडौं लगिएको प्रनाउ रावलले जानकारी दिनुभयो । रावलका अनुसार उहाँहरू गएको बुधबार कञ्चनजङ्घा आधार शिविर जानुभएको हो ।

कञ्चनजङ्घा भ्रमणका क्रममा शनिबार लेक लागेर स्वास्थ्यमा समस्या आएपछि उहाँहरू फर्किएर फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सास्थित जोङ्गा फेमेली गेस्ट हाउसमा आएर आराम गर्नुभएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि हेलिकोप्टरमार्फत उहाँहरुलाई उहाँहरूलाई काठमाडौँ लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १९:३२

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल

तरुण दल मिक्वाखोला अध्यक्षमा राजन कार्की

रेडियो काबेलीताप्लेजुङ । नेपाल तरुण दल मिक्वाखोला गाउँपालिका अध्यक्षमा राजन

फक्ताङलुङमा करेन्ट लागेर एकको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा करेन्ट लागेर एकजना मृत्यु