कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार



ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमालको भ्रमणका क्रममा लेक लागेर घाइते भएका विदेशी पर्यटकको उद्दार गरिएको छ । प्रहरीका अनुसार लेक लागेर घाइते हुनुभएका दुई जना पर्यटक फ्रान्सेली नागरिकको उद्दार गरिएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार लेक लागेर घाइते हुने पर्यटकमा फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीय एन्जल मिसेल रहनुभएको छ ।

लेक लागेर घाइते हुनुभएका उहाँहरूलाई मनाङ एयरको हेलिकोप्टरमार्फत सोमबार उपचारका लागि काठमाडौं लगिएको प्रनाउ रावलले जानकारी दिनुभयो । रावलका अनुसार उहाँहरू गएको बुधबार कञ्चनजङ्घा आधार शिविर जानुभएको हो ।

कञ्चनजङ्घा भ्रमणका क्रममा शनिबार लेक लागेर स्वास्थ्यमा समस्या आएपछि उहाँहरू फर्किएर फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सास्थित जोङ्गा फेमेली गेस्ट हाउसमा आएर आराम गर्नुभएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उपचारका लागि हेलिकोप्टरमार्फत उहाँहरुलाई उहाँहरूलाई काठमाडौँ लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7:32 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन