पाथीभरा गाडी दुर्घटनाः मृतक ३ जना एकै परिवारका




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु हुने ३ जना नै एक परिवारका रहेको बताईएको छ । मृतक झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल, उहाँकी श्रीमती वर्ष ६९ की सरिता पौडेल र उहाँकी छोरी तर्फकी नातीनि ललितपुर जिल्लाको ललितपुर नगरपालिकाकी वर्ष १६ की आध्या आचार्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा पौडेल दम्पतीकी छोरी ललितपुरकी वर्ष ४५ की सविना आचार्य र नाती वर्ष १० का अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ ।
घाईते सविनाको अवस्था गम्भिर रहेको र उहाँका छोरा घाईते अभियमको अवस्था भने मध्यम रहेको बताईएको छ । त्यस्तै दुर्घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराईको पनि ज्यान गएको छ । प्रहरीका अनुसार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा हाई टेन्सनको बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा दुर्घटना भएको बताईएको छ ।


पाथीभरा दर्शनका लागि आईतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आईपुग्नु भएका उहाँहरु होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि होटेल प्यारिजका सञ्चालक सबिन बानियाले बताउनुभयो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार ०७:३५

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा