पाथीभरा गाडी दुर्घटनाः मृतक ३ जना एकै परिवारका




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु हुने ३ जना नै एक परिवारका रहेको बताईएको छ । मृतक झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल, उहाँकी श्रीमती वर्ष ६९ की सरिता पौडेल र उहाँकी छोरी तर्फकी नातीनि ललितपुर जिल्लाको ललितपुर नगरपालिकाकी वर्ष १६ की आध्या आचार्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा पौडेल दम्पतीकी छोरी ललितपुरकी वर्ष ४५ की सविना आचार्य र नाती वर्ष १० का अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ ।
घाईते सविनाको अवस्था गम्भिर रहेको र उहाँका छोरा घाईते अभियमको अवस्था भने मध्यम रहेको बताईएको छ । त्यस्तै दुर्घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराईको पनि ज्यान गएको छ । प्रहरीका अनुसार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा हाई टेन्सनको बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा दुर्घटना भएको बताईएको छ ।


पाथीभरा दर्शनका लागि आईतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आईपुग्नु भएका उहाँहरु होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि होटेल प्यारिजका सञ्चालक सबिन बानियाले बताउनुभयो ।

प्रकाशित मिति : 7:35 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक