फक्ताङलुङ गाउँपालिकाको सङसाबुमा बर्थिङ सेन्टर स्थापना



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका स्थित इखाबुमा बर्थिङ सेन्टर स्थापना भएको छ । गाउँपालिकाको वडा नम्बर चार इखाबुको सामुदायिक स्वास्थ्य इकाई सङसाबुमा बर्थिङ सेन्टर स्थापना भएको हो ।

बर्थिङ सेन्टरको फक्ताङलुङ गाउँपालिका वडा नम्बर चार इखाबुका वडाध्यक्ष महेश लाबुङ लिम्बू र स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख कुलबहादुर पौडेलले संयुक्त रुपमा उद्‌घाटन गर्नु भएको छ ।

बर्थिङ सेन्टर सञ्चालनमा आएसंगै गर्भवति महिलाहरूले गर्भ जाँच गर्न र सुत्केरी हुनका लागि इखाबु तथा तापेथोक जानुपर्ने बाध्यता हट्ने फक्ताङलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिकामा एक आधारभूत अस्पताल, ७ वटा स्वास्थ्य चौकी, १६ वटा सामुदायिक स्वास्थ्य इकाई र ७ वटा बर्थिङ सेन्टरमार्फत स्वास्थ्य सेवा प्रवाह हुन थालेको छ ।

यस अघि फक्ताङलुङ गाउँपालिकाको सहकार्य र स्वास्थ्य कार्यालय ताप्लेजुङ सँगको समन्वयमा एक्सन फर नेपालले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्री तथा त्यहाँ कार्यरत कर्मचारीलाई तालिम समेत प्रदान गरेको छ ।

प्रकाशित मिति : 6:41 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ