११ वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना पक्राउ



ताप्लेजुङ । विगत एघार वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग, चोरी र ज्यान मार्ने उद्योग मुद्दामा कैद र जरिवाना भएका अभियुक्त एघार वर्ष पछि पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर एक सावादिन घर भई हाल झापा दमक नगरपालिकामा बसोबास गर्दै आएका ४४ वर्षका उत्तरे भन्ने तेज कुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार अभियुक्त लिम्बूले वि.सं. २०७० साल माघ सात गते साँझको समयमा खुकुरी बोकेर ताप्लेजुङकै तत्काल वर्ष ३६ की महिलाको घरमा गएर अलैँची बिक्री गरेर राखेको एक लाख चोरी गरि पीडितलाई मार्ने सम्मको धक्की दिई जबरजस्ती करणी गर्न खोजेका थिए । 

तत्काल घटनास्थलमा पीडितको देवर उपस्थित हुँदा लिम्बूले देवरलाई समेत मार्ने उद्देश्यले खुकुरी प्रहार गरी घाईते बनाई फरार भएका थिए । फरार रहेका लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा वि।सं। २०७६ साल जेठ २८ गते ६ वर्ष ६ महिना कैद र दुई लाख बीस हजार जरिवानाको फैसाला गरेको थियो । यस्तै सोही दिन ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैदको फैसाला पनि गरेको थियो । 

फरार रहेका लिम्बू कतार, मलेसिया र झापा जिल्लाको विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए । उनलाई खोजी गर्ने क्रममा चार/पाँच दिन अगाडि ताप्लेजुङ आएको भन्ने गोप्य सूचनाका आधारमा शनिबार फक्ताङलुङ गाउँपालिकाको सावादिनबाट पक्राउ गरी कैद र जरिवानाका लागि जिल्ला अदालत ताप्लेजुङमा पेश गरिएको हो । 

उनलाई शनिबार नै बाँकी कैद र जरिवाना भुक्तानीको लागि जिल्ला कारागार ताप्लेजुङमा पठाइएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । यस्तै लिम्बूलाई पक्राउ गर्न खटिएका पाँच जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १५:३९

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न

पेट्रोलियम पदार्थको भाउ यथावत

ताप्लेजुङ, भदौ ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै

ताप्लेजुङ, भदौ ३० गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा

फुङ्लिङ नगरपालिकाद्वारा जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न माग

सौगात विष्ट ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले