११ वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना पक्राउ



ताप्लेजुङ । विगत एघार वर्षदेखि फरार रहेका ताप्लेजुङका एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग, चोरी र ज्यान मार्ने उद्योग मुद्दामा कैद र जरिवाना भएका अभियुक्त एघार वर्ष पछि पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नम्बर एक सावादिन घर भई हाल झापा दमक नगरपालिकामा बसोबास गर्दै आएका ४४ वर्षका उत्तरे भन्ने तेज कुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार अभियुक्त लिम्बूले वि.सं. २०७० साल माघ सात गते साँझको समयमा खुकुरी बोकेर ताप्लेजुङकै तत्काल वर्ष ३६ की महिलाको घरमा गएर अलैँची बिक्री गरेर राखेको एक लाख चोरी गरि पीडितलाई मार्ने सम्मको धक्की दिई जबरजस्ती करणी गर्न खोजेका थिए । 

तत्काल घटनास्थलमा पीडितको देवर उपस्थित हुँदा लिम्बूले देवरलाई समेत मार्ने उद्देश्यले खुकुरी प्रहार गरी घाईते बनाई फरार भएका थिए । फरार रहेका लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा वि।सं। २०७६ साल जेठ २८ गते ६ वर्ष ६ महिना कैद र दुई लाख बीस हजार जरिवानाको फैसाला गरेको थियो । यस्तै सोही दिन ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैदको फैसाला पनि गरेको थियो । 

फरार रहेका लिम्बू कतार, मलेसिया र झापा जिल्लाको विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए । उनलाई खोजी गर्ने क्रममा चार/पाँच दिन अगाडि ताप्लेजुङ आएको भन्ने गोप्य सूचनाका आधारमा शनिबार फक्ताङलुङ गाउँपालिकाको सावादिनबाट पक्राउ गरी कैद र जरिवानाका लागि जिल्ला अदालत ताप्लेजुङमा पेश गरिएको हो । 

उनलाई शनिबार नै बाँकी कैद र जरिवाना भुक्तानीको लागि जिल्ला कारागार ताप्लेजुङमा पठाइएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ । यस्तै लिम्बूलाई पक्राउ गर्न खटिएका पाँच जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित मिति : 3:39 pm

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय