नेविसङ्घको स्थापना दिवसमा साहित्य सृजना प्रस्तुती 



ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घको ५६ औं स्थापना दिवसको अवसरमा ताप्लेजुङमा अन्तरक्रिया तथा साहित्य सृजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति ताप्लेजुङको आयोजनामा बिभिन्न विधाका साहित्य सर्जकहरुले कविता, गजल, सायरी र हाइकु सहितका साहित्य सृजना वाचन गरी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गजेन्द्र तुम्याहाङ, डिल्ली रमण बराल, २, शान्ति राम नेपाल, प्रजिन हाङबाङ, झरेन्द्र तिवारी, नवराज आचार्य, मान सि राई, लिला आशु जोगी, विष्णु राइ वियोगी, मन कुमार तामाङ, सुवास खाती, समिर प्रसाईं, सौगात बिष्ट र मालती शेर्पाले सृजना वाचन गर्नु भएको थियो । 

यस्तै कार्यक्रमका नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, उपसभापति डिल्लीरमण बराल, सचिव गणेशबाबु निरौला (सञ्जय), नेविसङ्घका केन्द्रीय सदस्यद्वय विश्वराज नाल्बो र राजकुमार कार्की सहितको उपस्थिति रहेको थियो । 

साहित्य सृजना वाचन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेविसङ्घको भूमिका विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको नेविसङ्घका जिल्ला अध्यक्ष लोकेश लङ्वा (लिम्बू) ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०६:२९

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ