फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ४ बजेको समयमा भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको हो । 

फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन लिम्बू साम्रा विकासका अनुसार मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाको लेलेप इलाडाँडाका २८ वर्षीय भुछिरिङ शेर्पा रहनुभएको छ । लेलेपबाट सदरमुकाम तर्फ आउने क्रममा लेलेपको चाँगामा ट्याक्टर दुर्घटनामा परेको बताइएको छ । 

यता सदरमुकामबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो । गत विहीबार सोही पालिकामा पिकअप दुर्घटनामा परि चालक पाँचथर सरोज श्रेष्ठको मृत्यु भएको थियो भने सहचालक सौजन श्रेष्ठको उपचार जारी रहेको छ । 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार २०:०३

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा