फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ४ बजेको समयमा भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको हो । 

फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन लिम्बू साम्रा विकासका अनुसार मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाको लेलेप इलाडाँडाका २८ वर्षीय भुछिरिङ शेर्पा रहनुभएको छ । लेलेपबाट सदरमुकाम तर्फ आउने क्रममा लेलेपको चाँगामा ट्याक्टर दुर्घटनामा परेको बताइएको छ । 

यता सदरमुकामबाट प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो । गत विहीबार सोही पालिकामा पिकअप दुर्घटनामा परि चालक पाँचथर सरोज श्रेष्ठको मृत्यु भएको थियो भने सहचालक सौजन श्रेष्ठको उपचार जारी रहेको छ । 

प्रकाशित मिति : 8:03 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता