राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो



ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो चयन हुनुभएको छ । सङ्घको चौथो जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

यस्तै सङ्घको उपाध्यक्षद्वयमा समिर प्रधान र सीता गुरुङ यक्सो चयन हुनुभएको छ । सचिवमा जगदिश घिमिरे, उपसचिवमा मनकुमारी खुदाङ लिम्बू र कोषाध्यक्षमा नरमाया रेग्मी चयन हुनु भएको छ ।

साथै सदस्यहरूमा प्रकाश शेर्पा, प्रेम प्रसाईँ, राधिका लिम्बू, युम्पी राई र सविना ९सारा० तुम्बाहाम्फे चयन हुनु भएको छ । नवनिर्वाचित सङ्घका पदाधिकारी तथा सदस्यहरूलाई सङ्घका केन्द्रीय प्रतिनिधि लक्ष्मीमाया वनेमले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।

प्रकाशित मिति : 6:23 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा