सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव



ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबारबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका लेलेपमा सुरु भएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सञ्चालन भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्‌घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्नु भएको छ । उद्‌घाटन समारोहमा बोल्दै पाण्डेले नेपालका हिमाल गौरवका निधि र स्वाभिमानका प्रतीक भएकोले यिनको संरक्षण र प्रवर्द्धनमा सरकारले उचित ध्यान दिने बताउनुभयो ।

उहाँले नेपालका हिमाल प्राकृतिक रूपले मनोरम मात्र नभई आध्यात्मिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको बताउनुभएको छ । यस्तै नेपालका हिमालसँग नेपालीहरूको संस्कार, संस्कृति र जैविक तथा पर्यावरणीय विविधताको समेत सम्बन्ध हुने भएकोले हिमालको संरक्षण र प्रदर्शनमार्फत मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन सकिने उहाँको भनाई थियो ।

तीनदिने महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधिहरू हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो ।

‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित महोत्सव आयोजना परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूको भनाई छ । कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर हो । सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलोपटक सफल आरोहण गरेका थिए । सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आए पनि पहिलो सफल आरोहण १९५५ मा भएको थियो ।

प्रकाशित मिति : 6:34 pm

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न