सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प



ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ ।

हालसम्ममा करिब ७ ओटा उडान प्रभावित भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार उडान तालिका रहेपनि मौसमका कारण उडान सफल हुन सकिरहेको छैन । काठमाडौँबाट ताप्लेजुङका लागि जहाजले उडान भरेपनि मौसमका कारण अवतरण हुन सक्ने सम्भावना नभएपछि बीचबाटै फर्काइएको इन्चार्ज कार्कीको भनाई छ । दुई महिनाको अवधिमा तीन पटक जहाज बीचबाटै पुनः काठमाडौँ नै फर्किएको बताइएको छ ।

काठमाडौँबाट उडान हुनुपूर्व मौसम सफा नै हुने तर आइपुग्ने समयमा मौसम प्रभावित हुने भएकाले बीचबाटै जहाज फर्काउन बाध्य भएको स्टेसनले जनाएको छ । आगामी तालिका शुक्रबारका लागि रहेको छ । टिकट लिएर घण्टौँ सम्म पर्खिएर बसेका यात्रु जहाज अवतरण नहुने भएपछि पुन घर फर्कन बाध्य हुने गरेका छन् ।

धेरै समय अगाडिदेखि हवाई उडान हुन नसक्दा विशेष गरि वृद्धवृद्धा तथा बिरामी लामो दुरीको सडक मार्फत गाडीमा यात्रा गर्न बाध्य भएका छन् । लामो समयसम्म एकै ठाउँमा बसिरहन स्वास्थ्यले साथ नदिएका बिरामी तथा वृद्धवृद्धा प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : 6:36 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा