सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव



ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबारबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका लेलेपमा सुरु भएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सञ्चालन भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्‌घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्नु भएको छ । उद्‌घाटन समारोहमा बोल्दै पाण्डेले नेपालका हिमाल गौरवका निधि र स्वाभिमानका प्रतीक भएकोले यिनको संरक्षण र प्रवर्द्धनमा सरकारले उचित ध्यान दिने बताउनुभयो ।

उहाँले नेपालका हिमाल प्राकृतिक रूपले मनोरम मात्र नभई आध्यात्मिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण रहेको बताउनुभएको छ । यस्तै नेपालका हिमालसँग नेपालीहरूको संस्कार, संस्कृति र जैविक तथा पर्यावरणीय विविधताको समेत सम्बन्ध हुने भएकोले हिमालको संरक्षण र प्रदर्शनमार्फत मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन सकिने उहाँको भनाई थियो ।

तीनदिने महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत विविध गतिविधिहरू हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो ।

‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ भन्ने नारासहित महोत्सव आयोजना परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूको भनाई छ । कञ्चनजङ्घा विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर हो । सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्याण्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलोपटक सफल आरोहण गरेका थिए । सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आए पनि पहिलो सफल आरोहण १९५५ मा भएको थियो ।

प्रकाशित मिति : 6:34 pm

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा