कञ्चनजङ्घा पार्क सेन्टरको गरियो शिलान्यास



ताप्लेजुङ । कञ्चनजङ्घा पार्क सेन्टरको शिलान्यास गरिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर पाँच तापेथोकमा निर्माण गर्न लागिएको कञ्चनजङ्घा पार्क सेन्टरको शुक्रबार शिलान्यास गरिएको हो ।

समृद्ध कञ्चनजङ्घा परियोजनाले निर्माण गर्न लागेको उक्त पार्कको शिलान्यास हिमालयन ट्रस युकेका अध्यक्ष ग्राम रिग्ली र विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ नेपाल) का राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले गर्नुभएको छ ।

आन्तरिक वाह्य पर्यटकहरूलाई कञ्चनजङ्घा संरक्षण क्षेत्र र अन्य पर्यटकीय क्षेत्रका बारे जानकारी गराउँने (इन्फरमेसन डेक्स) को लागि उक्त पार्क निर्माण गर्न लागिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो ।

उहाँका अनुसार उक्त पार्क सेन्टर १२ रोपनी जग्गामा पाँच करोडको लागतमा निर्माण हुने छ ।

प्रकाशित मिति : 9:35 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश