ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर



ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक याङसिला चोकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका ३ का २५ वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे. १ च. ५१९३ नम्बरको बोलेरो दिउँसो १२ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनाबाट फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । श्रेष्ठको ढाडमा चोट लागेको बताइएको छ । उहाँलाई आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

दुर्घटना स्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइएको प्रनाउ रावले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:35 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर