१२ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गर्ने एक पुरुष पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । १२ वर्षीया नाबालिकालाई डरत्रास धम्की दिई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ताप्लेजुङका १९ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार ती पुरुषले नाबालिकालाई बैशाख एक गते राती शौचालय गएको बेला विभिन्न डरत्रास धम्की दिई जबरजस्ती करणी गरेको जाहेरी दर्ता भएको थियो । 

सोही जाहेरीको आधारमा पुरुषलाई बैशाख दुई गते पक्राउ गरिएको हो । पक्राउ परेका पुरुषलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान आगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:27 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता