प्रहरीले गरे पाथीभरा क्षेत्रमा वृक्षारोपण



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा वृक्षारोपण गरेको छ । तीर्थयात्रीको सहजताका लागि स्थापना गरिएको पर्यटक प्रहरी हेल्प डेस्क कार्यालयको परिसरमा वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा वृक्षारोपण गरिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार वन कार्यालयले उपलब्ध गराएको लठ सल्ला, गुराँस, धुपी र सल्ला गरि करिब एक सय ओटा बिरुवा रोपिएको छ । हेल्प डेस्क परिसर वरिपरि हरियाली बनाउने उद्देश्यले वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण पश्चात पनि हेल्प डेस्कमा खटाइएको प्रहरीले अतिरिक्त समयमा बिरुवाको गोडमेल तथा संरक्षण गर्ने बताइएको छ । अधिकांश क्षेत्रमा वृक्षारोपण पछि बिरुवाको रेखदेख नगर्ने चलनले वृक्षारोपणको महत्व घट्दो क्रममा रहेको उल्लेख गर्दै गोडमेल तथा संरक्षणका लागि पनि उत्तिकै मात्रामा ध्यान दिइने प्रनाउ रावलको भनाइ थियो ।

पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी, स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

प्रकाशित मिति : 6:24 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा