प्रहरीले गरे पाथीभरा क्षेत्रमा वृक्षारोपण



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पाथीभरा क्षेत्रमा वृक्षारोपण गरेको छ । तीर्थयात्रीको सहजताका लागि स्थापना गरिएको पर्यटक प्रहरी हेल्प डेस्क कार्यालयको परिसरमा वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा वृक्षारोपण गरिएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार वन कार्यालयले उपलब्ध गराएको लठ सल्ला, गुराँस, धुपी र सल्ला गरि करिब एक सय ओटा बिरुवा रोपिएको छ । हेल्प डेस्क परिसर वरिपरि हरियाली बनाउने उद्देश्यले वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण पश्चात पनि हेल्प डेस्कमा खटाइएको प्रहरीले अतिरिक्त समयमा बिरुवाको गोडमेल तथा संरक्षण गर्ने बताइएको छ । अधिकांश क्षेत्रमा वृक्षारोपण पछि बिरुवाको रेखदेख नगर्ने चलनले वृक्षारोपणको महत्व घट्दो क्रममा रहेको उल्लेख गर्दै गोडमेल तथा संरक्षणका लागि पनि उत्तिकै मात्रामा ध्यान दिइने प्रनाउ रावलको भनाइ थियो ।

पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी, स्थानीय होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

प्रकाशित मिति : 6:24 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा