कञ्चनजङ्घा हीरक महोत्सव : भलिबल खेलको तालिका सार्वजनिक



ताप्लेजुङ । कञ्चनजङ्घा हीरक महोत्सवमा सञ्चालन हुने पालिका स्तरीय आमन्त्रित भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । भोलि (बैशाख ३ गते बुधबार) बाट सुरु हुने प्रतियोगिताको तालिका आज सार्वजनिक भएको हो । 

तालिका अनुसार उद्‌घाटन खेलमा आयोजक फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाबीच प्रतिष्पर्धा हुने भएको छ । बुधबार हुने दोश्रो खेलमा मिक्वाखोला गाउँपालिका र सिरिजंघा गाउँपालिका भिड्दै छन् । यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । त्यस्तै क्वाटर फाइनल अन्तर्गतके तेश्रो तथा अन्तिम खेल विहीबार हुने तालिकामा उल्लेख छ । बिहान ११ बजे हुने खेलमा सिदिङवा गाउँपालिका र याङवरक गाउँपालिका पाँचथर तथा दिउँसो १ बजे हुने खेलमा पाथीभरा याङवरक गाउँपालिका र मेरिङदेन गाउँपालिका बीच भिडन्त हुने भएको छ । 

त्यस्तै सेमिफाइनलको पहिलो खेलमा आयोजक र फुङलिङ बीचको विजेताले शुक्रबार सिदिङवा र याङवरकको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । अन्तिम सेमिफाइनलमा मिक्वाखोला र सिरिजंघाको विजेताले शनिबार पाथीभरा याङवरक र मेरिङदेनको विजेता सँगको भेट पक्का गर्नेछ । फाइनल खेल आइतबार दिउँसो १ बजेबाट सुरु हुने तालिमा उल्लेख गरिएको छ । 

खेलमा पाँचथरको एक सहित ८ टीमको सहभागिता रहेको छ । ताप्लेजुङका मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकामा प्रतियोगितामा सहभागिता नजनाएको आयोजकले जनाएको छ । 
 
प्रतियोगिताको विजेताले नगद २ लाख ८ हजार ५ सय ८६ र उपविजेताले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो शिखर कञ्चनजङ्घा हिमाल आरोहण गरेको ७० औँ वर्ष पुगेको अवसरमा आयोजना गरिएको हो । 

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले फक्ताङलुङ गाउँपालिकाको लेलेपमा वैशाख ५ देखि ७ गतेसम्म ३ दिने महोत्सवको आयोजना गर्दैछ । महोत्सवकै अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा वृहत सांस्कृतिक कार्यक्रमसँगै भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रकाशित मिति : 1:15 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो