पाथिभरा याङवरक गाउँपालिकाले बनायो देवाली गर्ने मन्दिर



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले कुल पुजा (देवाली) गर्ने मन्दिर निर्माण गरेको छ । पाथीभरा याङवरक गाउँपालिका वडा नं. २, को थेचम्बुमा उक्त मन्दिर निर्माण गरिएको हो ।

गाउँपालिकाले बिनियोजन गरेको १० लाख रुपियाँमा मन्दिरको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष केशर कुमार सुब्बाले बताउनुभयो । उहाँका अनुसार पौडेल वंशको देवाली गर्ने मन्दिर निर्माण गरिएको छ ।

थेचम्बुको महाकाली नजिकै पिङ्गेदिनमा मन्दिरको निर्माण सम्पन्न भई उद्‌घाटन समेत भएको छ । यस अघि यहाँका बासिन्दाहरूले अस्थायी मन्दिर बनाएर पूजा गर्ने गरेका थिए । यही समस्यालाई मध्यनजर गरी मन्दिर निर्माणमा सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

मन्दिर निर्माण गर्नको लागि स्थानीय स्व. पूर्ण प्रसाद पौडेल र स्व. भक्तमाया पौडेलको स्मृतिमा छोराहरू धर्मराज पौडेल र इन्द्र कुमार पौडेलले २ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको अध्यक्ष सुब्बाका स्वकीय सचिव तेजबिर मेन्याङबोले जानकारी दिनुभयो ।

तीन–तीन वर्षको अवधिमा पौडेल वंशले कुल पुजा देवाली सोही स्थानमा गर्दै आएको छन् ।

प्रकाशित मिति : 11:51 am

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत