अपर तमोर हाइड्रोपावरको काम तत्काल रोक्न अनुरोध



ताप्लेजुङ । अपर तमोर हाइड्रोपावर २८५ मेगावाटको आयोजनाका सबै काम तत्काल रोक्न अनुरोध गरिएको छ । अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आयोजनाको काम रोक्न अनुरोध गरेको हो ।

आदिवासी तथा आम नागरिकको आस्था, धार्मिक, सांस्कृतिक र प्राकृतिक वातावरणको जैविक विविधता सँगको अन्तरसम्बन्धमा दीर्घकालीन असर पर्ने भन्दै आयोजना रोक्न अनुरोध गरिएको छ । समितिले आइतबार पत्रकार सम्मेलन मार्फत हाइड्रोपावरको निर्माण क्षेत्र फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर पाँच तापेथोक र वडा नम्बर तीन लिङ्खिम रहेको भन्ने विषयमा औपचारिक रुपमा कुनै पनि स्थानीय नागरिक सँग पूर्व जानकारी सहितको मन्जुरी नलिइ वातावरण प्रभाव मूल्याङ्कन ९डिपीआर० लगायतका काम गरिएको भन्दै खेद प्रकट गरिएको जानकारी गराएका छन् ।

उक्त क्षेत्रका नागरिकबाट पटकपटक सामूहिक बेमन्जुरी, बहिष्कार रहँदा रहँदै पनि राजनैतिक बलको आडमा छलकपटबाट काम अगाडि बढाइएको भन्दै समितिले आपत्ती जनाएको छ । यस्तै आयोजनाले सो क्षेत्रका समुदाय माथि ठुलो ठेस पुग्ने कुराको अवगत गराउँदै आयोजनाको सबै काम नरोकेमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने सङ्घर्ष मितिका संयोजक वीरबल लिङखिमले बताउनुभयो ।

आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयं कम्पनी र सरकारले लिनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आईतवार १८:४८

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न