अपर तमोर हाइड्रोपावरको काम तत्काल रोक्न अनुरोध



ताप्लेजुङ । अपर तमोर हाइड्रोपावर २८५ मेगावाटको आयोजनाका सबै काम तत्काल रोक्न अनुरोध गरिएको छ । अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समितिले आयोजनाको काम रोक्न अनुरोध गरेको हो ।

आदिवासी तथा आम नागरिकको आस्था, धार्मिक, सांस्कृतिक र प्राकृतिक वातावरणको जैविक विविधता सँगको अन्तरसम्बन्धमा दीर्घकालीन असर पर्ने भन्दै आयोजना रोक्न अनुरोध गरिएको छ । समितिले आइतबार पत्रकार सम्मेलन मार्फत हाइड्रोपावरको निर्माण क्षेत्र फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर पाँच तापेथोक र वडा नम्बर तीन लिङ्खिम रहेको भन्ने विषयमा औपचारिक रुपमा कुनै पनि स्थानीय नागरिक सँग पूर्व जानकारी सहितको मन्जुरी नलिइ वातावरण प्रभाव मूल्याङ्कन ९डिपीआर० लगायतका काम गरिएको भन्दै खेद प्रकट गरिएको जानकारी गराएका छन् ।

उक्त क्षेत्रका नागरिकबाट पटकपटक सामूहिक बेमन्जुरी, बहिष्कार रहँदा रहँदै पनि राजनैतिक बलको आडमा छलकपटबाट काम अगाडि बढाइएको भन्दै समितिले आपत्ती जनाएको छ । यस्तै आयोजनाले सो क्षेत्रका समुदाय माथि ठुलो ठेस पुग्ने कुराको अवगत गराउँदै आयोजनाको सबै काम नरोकेमा सशक्त आन्दोलनमा उत्रन बाध्य हुने सङ्घर्ष मितिका संयोजक वीरबल लिङखिमले बताउनुभयो ।

आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयं कम्पनी र सरकारले लिनुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : 6:48 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र