२७औं रामनवमी कपको उपाधि आयोजक सिर्जनशीललाई 



ताप्लेजुङ । ताप्लेजुङको खोक्लीङमा सम्पन्न २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । रामनवमी मेलाको अवसरमा मिक्वाखोला गाउँपालिकाको खोक्लीङमा सञ्चालन भएको खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सिर्जनशील सामाजिक युवा समाज, खोक्लिङले हात पारेको हो । 

बिहीबार सम्पन्न फाइनल खेलमा सिर्जनशीलले बगान युथ क्लब झापालाई ३–१ गोलले हराउँदै उपाधि हासिल गरेको सिर्जनशील सामाजिक युवा समाज खोक्लिङका अध्यक्ष ऐश्वर्यराज थापाले बताउँनुभयो । मोति माविको खेलमैदानमा भएको फाइनलमा सिर्जनशीलका लागि दीपक लिम्बुले दुई गोल गर्दा पवन राईले एक गोल गर्नुभएको थियो । 

उता बगानका लागि भने लाक्पा तामाङले सान्त्वनाको रुपमा एक गोल फर्काउनु भएको थियो । पहिलो सेमिफाइनल खेलमा सृजनशीलले तारा स्र्पोटिङ क्लबलाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । सिर्जनशीलको जितमा दिपक लिम्बू र किशोर लिम्बुले गोल गर्नुभएको थियो । 

यस्तै दोस्रो सेमिफाइनल खेलमा बगानले खोक्लिङ सामाजिक युवा समाजलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको थियो । निर्धारित समयको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल टाइब्रेकरमा धकेलिएको हो । निर्धारित समयमा बगानका लागि लाक्पा तामाङले गोल गर्नुभएको थियो भने खोक्लिङका लागि सविन तामाङले गोल गर्नुभएको थियो । 

प्रतियोगिताका विजेता सिर्जनशीलले उपाधिसँगै नगद एक लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको बगान युथले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्की, उपाध्यक्ष डण्डु लामा, वाड नम्बर एकका अध्यक्ष राम सुब्बा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

 

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार १८:०८

ताप्लेजुङमा विभिन्न घटनमा चार जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा दुई दिनको अवधीमा चार जना पक्राउ परेका

ताप्लेजुङमा चालकको चक्कु प्रहारले सहचालक घाईते

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन गरेका एक चालकले

भाइको हत्या अभियोगमा दाजु पक्राउ

ताप्लजुङ । ताप्लेजुङमा भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ परेका

स्थानीयको विरोध रहेको अपर तमोर हाइड्रोपावरमा तोडफोड

ताप्लेजुङ। स्थानीयले विरोध जनाई रहेको ताप्लेजुङमा निर्माणधीन अपर तमोर हाइड्रोपावरको

ताप्लेजुङमा प्रहरी हत्या गरी फरार व्यक्ति १३ वर्ष पछि पक्राउ

साहारा लिम्बू फुङ्लिङ, साउन १६ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योगमा