२७औं रामनवमी कपको उपाधि आयोजक सिर्जनशीललाई 



ताप्लेजुङ । ताप्लेजुङको खोक्लीङमा सम्पन्न २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । रामनवमी मेलाको अवसरमा मिक्वाखोला गाउँपालिकाको खोक्लीङमा सञ्चालन भएको खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सिर्जनशील सामाजिक युवा समाज, खोक्लिङले हात पारेको हो । 

बिहीबार सम्पन्न फाइनल खेलमा सिर्जनशीलले बगान युथ क्लब झापालाई ३–१ गोलले हराउँदै उपाधि हासिल गरेको सिर्जनशील सामाजिक युवा समाज खोक्लिङका अध्यक्ष ऐश्वर्यराज थापाले बताउँनुभयो । मोति माविको खेलमैदानमा भएको फाइनलमा सिर्जनशीलका लागि दीपक लिम्बुले दुई गोल गर्दा पवन राईले एक गोल गर्नुभएको थियो । 

उता बगानका लागि भने लाक्पा तामाङले सान्त्वनाको रुपमा एक गोल फर्काउनु भएको थियो । पहिलो सेमिफाइनल खेलमा सृजनशीलले तारा स्र्पोटिङ क्लबलाई २–० ले हराउँदै फाइनल प्रवेश गरेको थियो । सिर्जनशीलको जितमा दिपक लिम्बू र किशोर लिम्बुले गोल गर्नुभएको थियो । 

यस्तै दोस्रो सेमिफाइनल खेलमा बगानले खोक्लिङ सामाजिक युवा समाजलाई टाइब्रेकरमा ३–१ ले पराजित गरेको थियो । निर्धारित समयको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल टाइब्रेकरमा धकेलिएको हो । निर्धारित समयमा बगानका लागि लाक्पा तामाङले गोल गर्नुभएको थियो भने खोक्लिङका लागि सविन तामाङले गोल गर्नुभएको थियो । 

प्रतियोगिताका विजेता सिर्जनशीलले उपाधिसँगै नगद एक लाख ५० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको बगान युथले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्की, उपाध्यक्ष डण्डु लामा, वाड नम्बर एकका अध्यक्ष राम सुब्बा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

 

प्रकाशित मिति : 6:08 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर