लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, ताप्लेजुङको अध्यक्षमा गुरुङ



ताप्लेजुङ । नेकपा एमालेको भ्रातृसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, ताप्लेजुङको अध्यक्षमा दुर्गा गुरुङ सर्वसम्मत चयन हुनु भएको छ । शुक्रबार नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालयमा सम्पन्न भएको दोश्रो जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

उपाध्यक्षद्वयमा अर्जुन आङबुहाङ, अनिता हेल्लोक, सचिवमा पदम राई, उपसचिवद्वयमा अस्मिता लिबाङ, लाक्पा शेर्पा (आशा) र कोषाध्यक्षमा मङ्गगलसिंह थलङ सहित २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन हुनु भएको छ ।

अधिवेशन नेकपा एमालेका केन्द्रीय कमिटी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यता र महासङ्घका केन्द्रीय सचिव कृष्णराज सुब्बाको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रकाशित मिति : 11:36 am

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ